८ असार, नेपालगन्ज । बाँके प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ
नेपालगन्ज उप–महानगरपालिका वडा नं. १५ जमुनामा जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नं. १५ बस्ने राजु पुन मगर र सोही ठाउँ बस्ने कस्मिक भण्डारीको साथबाट शनिवार लागू औषध बरामद गरिएको हो ।
Tramadol लेखिएको ६ पत्ता (६० क्याप्सुल) र Tramadol जस्तै देखिने खुल्ला ३८ क्याप्सुल गरी जम्मा ९८ क्याप्सुल, Nitrazepam लेखिएको १ पत्ता (१० क्याप्सुल) र Nitrazepam जस्तो देखिने खुल्ला २० क्याप्सुल गरी जम्मा ३० क्याप्सुल, कोरेक्स १०० एमएल र ५२० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित फेला पारी कानूनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।








