१७ चैत्र, नेपालगन्ज । बाँके प्रहरीले लागू औषध मुद्दामा एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतको मिति २०८१।०८।१३ गतेको फैसलाले १ महिना १२ दिन कैद सजाय तोकिएका जिल्ला बाँके बैजनाथ गा.पा. ४ सिमलघारी बस्ने मनोज थापालाई मिति २०८२।१२।१६ गते इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।






