२७ भाद्र, नेपालगञ्ज । प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
डुडुवा गाउँपालिका–४ का ५० वर्षीय बखत यादव भन्ने भगेलु कलवारलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
उनलाई लागु औषध मुद्दामा गएको फागुन २६ गते जिल्ला अदालतले दोषी ठहर गर्दै १५ वर्ष ९ महिना कैद र ५० हजार जरिवाना गरेको थियो । त्यसपछि भगेलु फरार थिए । पक्राउ परेका भगेलुलाई थप कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here