१६ श्रावण, नेपालगञ्ज । प्रहरीले लागू औषध मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नं.पां. वडा नं. ९ घर भई हाल खजुरा गा.पा. वडा नं. ४ एफ. गाउँ बस्ने वर्ष ३५ को मोहन गिरी रहेका छन् ।
बाँके जिल्ला अदालतको २०७८।१२।०९ गतेको फैसलाले गिरीलाई लागू औषध मुद्दामा २ महिना ९ दिन कैद तोकिएको थियो ।
हालसम्म फरार रहेका निजलाई जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी सोमवार पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here