१८ जेठ, नेपालगन्ज । प्रहरीले लागू औषध (ब्राउन सुगर) सहित तीन जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उ.म.न.पा. ६ रामनगर शिवमन्दिर नजिकै वडा नं. १३ लोनियनपुर बस्ने बर्ष १९ को बिक्रम घरुक र डुडुवा गा.पा. ६ बस्ने बर्ष २० को सुनिल खटिकलाई शनिवार लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल १७ ग्राम सहित फेला पारि मोटर साईकल समेत नियन्त्रणमा लिइएको छ ।
यस्तै नेपालगन्ज उ.म.न.पा.१५ जमुनाहमा भारतबाट नेपालतर्फ पैदल आईरहेका बाँके कोहलपुर न.पा.५ एन.सि.सि.चोक बस्ने वर्ष २५ को सुरेश मल्ललाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ८०० मिलिग्राम फेला पारी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।






