२२ चैत्र, नेपालगन्ज । प्रहरीले लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सतिस कुमार सोनी र आकाश बढई रहेका छन् ।नेपालगन्ज उ.म.न.पा. वडा नं. १ विशालनगर चोक नजिकै लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधवार ती २ जनालाई पक्राउ गरेको हो ।नेपालगन्ज उ.म.न.पा. वडा नं. १ बस्ने बर्ष २९ को सतिस कुमार सोनीले चलाएको भे ८ प ८७८ नंम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने बर्ष २६ को आकाश बढईले लगाएको पाईन्टको दायाँ खल्तिबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ५ ग्राम ७९० मिलि ग्राम सहित मोटरसाईकल पनि बरामद गरिएको छ ।दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।