१० फागुन, नेपालगञ्ज । प्रहरीले लागु औषध ब्राउनसुगर मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ४ बस्ने बर्ष ३० को ताज मो.राई रहेका छन् ।
बाँके जिल्ला अदालतको मिति २०७९ मंसिर २६ गतेको फैसलाले लागु औषध ब्राउनसुगर मुद्दामा ८ महिना ८ दिन कैद जरिबाना तोकिएकोमा निज राई हाल सम्म फरार रहेका थिए ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here