१२ भाद्र, नेपालगञ्ज । लागुऔषध मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध मुद्दामा जिल्ला अदालत बाँकेबाट दोषी भइ फरार रहेका कोहलपुर नगरपालिका–१४ निवासी २७ वर्षीय भरत दरैलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
दरैलाई जिल्ला अदालतले गएको असोज ४ गते ३ महिना १२ दिन कैद र ५ सय रुपैयाँ जरिबाना फैसला गरेको थियो ।
पक्राउ परेका दरैलाई थप कारवाहीका लागि आइतवार जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।