७ फागुन, नेपालगन्ज । विविध कार्यक्रमको आयोजन गरि राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ भव्यताका साथ मनाइँदै छ ।
देशमा एकतन्त्रीय जहाँनिया राणा शासनको अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झना विविध कार्यक्रमको आयोजना गरि प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाइँदै आइएको छ ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि फागुन ६, ७ र ८ गते तीन दिनसम्म मनाइने भएको छ ।
२००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गत बिहीवार सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरु, काठमाण्डौ उपत्यकाका सबै नगरपालिकाका मेयरहरु, नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य छन् ।
गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्यसचिव रहेका छन् ।
निर्णयअनुसार तीन दिनसम्म देशभर र विदेशका नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here