थारुहरुलाई बिभाजित नभई एकताबद्ध भएर अगाडि बढ्न अधयक्ष शाहको शुभकामना
२७ पौष, नेपालगञ्ज ।
राप्ती सोनारी गाउँपालिका वडा नं. ४ मा रहेको दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडको आयोजना माघी मिलन कार्यक्रम गरिएको छ ।
माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस अबसरमा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले माघी थारु समुदायको महान पर्व भएको हुँदा सबैले एक आपसमा माया प्रेमका साथ मनाउनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नरैनापुरका अध्यक्ष शाहले थारु जातीको उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दैआएको बताउँदै यसका लागि सबैको सहकार्यको आवश्यकता रहेको जिकिर गरे । उनले थारु समुदाय अनेक विचारमा विभाजित हुँदा खास मुद्दा ओझेलमा परेकोले अब बिभाजित नभई एकताबद्ध भएर अगाडि बढ्न शुभ कामना दिए ।
कार्यक्रमका विशिष्ट अतिथि राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले थारू समुदायको मुक्ति र सही नेतृत्वको विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउँदै उनले आफ्नो अधिकार सँग–सँगै पहिचान र अस्तित्व बचाउन निरन्तर राजनीतिक संघर्षमा भाग लिन आह्वान समेत गरिन् ।
कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष शाह, नरैनापुरका प्रेस सल्लाहकार आलम खान र बेसका केन्द्रीय सदस्य संगिता थारुलाई सम्मान गरिएको थियो ।
दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रमको समन्वय राप्ती सोनारी गाउँपालिकाले गरेको थियो भने आर्थिक सहयोग नरैनापुर गाउँपालिकाले गरेको सहकारीका अध्यक्ष संजिता थारुले बताइन् ।
सहकारी संस्थाका अध्यक्ष संजिता थारुको अध्यक्षतामा भएको कार्यक्रमा राप्ती सोनारी गाउँपालिकाको वडा नं. ६ का अध्यक्ष लबराज खरेल, वडा नं. ७ का अध्यक्ष राम लखन थारु, बेसका केन्द्रीय सदस्य संगिता थारु, आलम खान लगायतले शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रम थारु महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here