राप्तीसोनारी –विश्व मत्स्य दिवसको अवसरमा सोमबार राप्ती नदीमा बिस हजार माछाका भुरा छोडिएको छ । दिवसका अवसरमा मत्स्य विकास केन्द राप्तीसोनारी ८ ओभरीले एक कार्यक्रमका बिच राप्तीसोनारी गाउँपालिका वडा न २ स्थित राप्ती नदीमा रहु र नैनी जातको करिब २० हजार माछाका भुरा छोडिएको केन्द्रका निमित्त कार्यालय प्रमुख महेन्द्र प्रसाद यादवले बताए । ”जलिय जैविक विविधता संरक्षण गरी आश्रीत समुदायको रोजगारी सुनिश्चित गरौं” भन्ने मुलनाराका साथ आयोजना गरिएको कार्यक्रममा बोल्दै यादवले माछाका महत्वपूर्ण प्रजातिको क्रमशः वंश नास भइरहेको अवस्थामा जलीय सम्पदाको संरक्षणको लागि माछाका भूरा नदीमा छोडिएको बताउदै माछा मारेर छाक टर्ने समुदायको रोजगारी सुनिश्चितता प्राकृति जलाशयमा भएका माछा सकिदै जाने हुँदा माछाको संरक्षण गर्नुपर्ने र नेपालमा ८ वर्ष देखि मत्स्य दिवस मनाइदै आएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा राप्ती सोनारी गाउँपालिका वडा न ८ का वडाध्यक्ष सालिकराम डाँगीले करेन्ट र विष प्रयोग गरेर माछा मार्नेको संख्या बढीरहेको हुँदा यस्ता कार्यहरु रोक्न आवयक रहेको बताउदै उनले जैविक विविधता संरक्षण गर्ने सबैको चासो र चिन्ता हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेकी प्रमुख कमला अधिकारीले जनताहरु जलचरमा अश्रीत भएको हुँदा ति जलचरहरुको संरक्षण गर्नुपर्ने बताइन उनले नेपाल सरकारले सिफारिस गरेको ८ प्रकारका माछा बाहेक अन्य जातका माछाहरु रोकथामका लागी प्रहरी प्रशासनको ध्यान जानुपर्ने सिफारिसका माछाहरु मात्र पालन गर्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा बोल्दै बर्दियाका किसान कृपाराम चौधरीले २०४६ देखि ८ बिगाहमा पोखरी निमार्ण गरी हालसम्म माछा पालन गर्दै आएको र अरुलाइ माछा पाल्ने प्रेरणा दिएको बताए । उनले माछा सेवनले स्वास्थ राम्रो हुने हुँदा सबैलाइ माछा पालन गर्न सुझाव दिए। उनले किसानहरुलाई माछाका भुरा सहज रुपमा उपलब्ध गराइदिन अनुरोध समेत गरे । सो अवसरमा नियिमित रुपमा माछा मार्ने छविलाल घर्ती ,राम बहादुर थारुलाइ जाल हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा राप्तीसोनारी गाउँपालिका पशुसेवा शाखा प्रमुख जय बहादुर कार्की कचनापुर महादेवपुरी खानेपानी तथा सरसफाइ समिति अध्यक्ष शेर जंग गौतम नेपाल रेडक्रस सोसाइटी कचनापुर शाखा अध्यक्ष अमर वली उद्योग वाणिज्य संघ राप्तीसोनारी अध्यक्ष टिकाराम ढुंगाना उपाध्यक्ष झुप बहादुर विष्ट, राप्तीसोनारी गाउँपालिका वडा न ८ का वडा सचिव रोशन कुमार वली प्रहरी माछापालक किसानहरु लगायतको सहभागीता रहेको थियो ।