२ फागुन, नेपालगञ्ज । शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान दिएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ ।
उनको सम्मानका लागि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा काम गर्ने एक जनालाई वार्षिक रुपमा नगदसहित पुुरस्कार प्रदान गरिने छ ।
बाँके शिक्षा क्याम्पस नेपालगञ्जमा बुधबार बसन्त पञ्चमीमा सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको अवसरमा क्याम्पसका संचालक कृष्णा पाठकले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेकी हुन् ।
नागरिक अभियानको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र संस्थालाई उक्त पुरस्कार स्थापनाका लागि रु ५० हजार बराबरको अक्षयकोषमा रकम हस्तान्तरण गरिन् ।
क्याम्पसमा बुधवार आयोजित विशेष कार्यक्रममा उक्त पुरस्कारको घोषणा गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताए ।
स्वर्गिय पाठक बाँके शिक्षा क्पाम्पसको संस्थापक, महेन्द्र बहुमुखी नेपालगञ्जका क्याम्पस प्रमुख थिए । उनले नेपालगञ्जमा बसेर लामो समयदेखि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको अभियानमा सक्रिय रुपमा भुमिका निर्वाह गरेका थिए । क्यान्सर रोगबाट पिडित पाठकको २०७८ साल साउन १७ गते निधन भएको थियो ।
क्याम्पसले उनको स्मृतिमा छात्रबृत्ति कोष समेत स्थापना गरेको छ । विद्यालयमा प्रारम्भिक कक्षादेखि १२ कक्षासम्म प्रत्येक कक्षाका दुई जना विद्यार्थीलाई वर्षभरि निःशुल्क अध्ययन गराइने छ । त्यसका लागि गरीब, जेहेन्दार र लगनशिल विद्यार्थी मापदण्डका आधारमा छनौट गरिने स्वर्गिय पाठकका श्रीमती कृष्णा पाठकले बताइन् ।
बुधवार स्थापना गरिएको पुरस्कार स्वर्गिय पाठकको जन्मोत्सव तथा स्मृतिको अवसरमा प्रदान गरिने संस्थाले जनाएको छ ।

सरस्वती पुजा र सांस्कृतिक कार्यक्रम
सरस्वती पुजाको अवसरमा विद्यालयले आफ्नो प्राङ्गणमै विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवले शिक्षा क्षेत्रमा पुरानो र अव्वल विद्यालयको रुपमा परिचित बाँके शिक्षा क्याम्पसले अहिले प्रराम्भिक कक्षादेखि स्नातक तहसम्मको शिक्षा दिईरहेको प्रति खुशी व्यक्त गरे ।
कार्यक्रममा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, शिक्षा प्रेमी बलराम यादव, मुनिर अहमद खा, पंकज पाठक लगायतले बोलेका थिए ।
त्यस अवसरमा अध्यक्ष पाठकले शिक्षा इकाई प्रमुख रामसुरेश यादव, पत्रकार राकेशकुमार मिश्र र नागरिक अभियन्ता रविन्द्रकुमार ज्ञवालीलाई सम्मान गरिन् । सांस्कृतिक कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले विभिन्न नृत्यलगायतका प्रस्तुती गरेका थिए ।
२०५३ सालमा स्थापित विद्यालयले अहिले प्रारम्भिक कक्षादेखि कक्षा १२ सम्म, एक वर्षे विएड र ४ वर्षे विएडको अध्यायपन गर्दै आएको क्याम्पसका सञ्चालक अध्यक्ष पाठकले बताइन् । पछिल्लो समय उक्त विद्यालयमा प्राराम्भिक कक्षामा विशेष प्याकेजको व्यवस्था गरिएको छ भने सरस्वती पुजाको अवसरमा बुधवार करिब ३० भन्दा बढी विद्यार्थीरुको निःशुल्क भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here