१८ फागुन, नेपालगन्ज । रंगहरुको महान पर्व फागू पूर्णिमा होली एक अर्कालाई र· लगाएर शुभकामना आदान–प्रदान गर्दै पहाडी जिल्लामा आज मनाइँदै छ ।
प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रंगहरूको चाड फागुपूर्णिमा पहाडी भेगमा आज हर्ष र उल्लासका साथ मनाइँदै छ । बसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो पर्व एक अर्कामाथि विभिन्न प्रकारका रंहरू लगाइ दिएर मनाइन्छ । यसमा साना–ठूला, धनी–गरिब, शत्रु–मित्र सबै आपसी सद्भाव समता र मेलमिलापमा एकाकार हुने गर्दछन् पूर्णिमाको अघिल्लो दिन राति होलिका दहन गरेपछि बिहानैदेखि आफन्त साथीभाईलाई र· लगाएर होली मनाइने गरिएको छ ।
सत्ययुगको पौराणिक काल खण्डमा दानवराज हिरण्यकशिपुले ईश्वरीय आस्थामा मन राख्ने छोरा प्रह्लादलाई कुनै उपायबाट मराउन नसकेपछि आगोले डढाउन नसक्ने वरदान पाएकी घमण्डी आफ्नी बहिनी होलिकालाई गुहारी प्रह्लादलाई साथमा लिई भर्वराँउदो आगाको कुण्डमा पस्दा उक्त कुण्डको आगोबाट होलिका डढेर खरानी भएकी र प्रह्लाद सकुशल आगोबाट निस्किएका कारणमा सत्यको जित र असत्यको हार हुन्छ भन्ने शाश्वत् सत्यलाई मानव समाजमा अक्षुण राख्न प्रचलनमा आएको पर्व हो ।
होलिका जन्मनुअघिका पूर्णिमाको विशेष चर्चा नभए पनि त्यो दिनको पूर्णिमामा उक्त घटना हुँदा त्यसै खुसियालीमा हिरण्यकशिपुका निरीह कर्मचारी लगायत अन्य व्यक्तिले समेत प्रह्लादलाई अबीर लगाइदिई उन्मुक्त स्थिति भएको दिनलाई फागुपूर्णिमा अथवा होलिका दहनले सम्बोधन गरियो र वर्तमानसम्म त्यो सम्बोधन कायम नै छ । नेपालमा विभिन्न स्थान अनुसार यो पर्व आ–आफ्नो तरिकाले मनाइन्छ । विशेष गरी काठमाडौं उपत्यकामा फाल्गुण शुक्ल अष्टमीको दिन वसन्तपुर दरबारमा शुभ मुहुर्तमा वनबाट काटेर ल्याइएको रूखलाई ताछेर विशेष किसिमको ध्वजा पताका बाँधेर सजाइ चीरोत्थान गरिन्छ र यो पर्वको शुभारम्भ भएको मानिन्छ ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी होली मनाउन आग्रह गरेको छ । यसपालि कुनै संघसंस्था वा कलाकारलाई कन्सर्ट तथा साङ्गीतिक कार्यक्रम गर्न दिइएको छैन ।
प्रहरीले चोक–चोकमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले भिडभाड नगरी होली मनाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here