३० जेठ, नेपालगन्ज । स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र युवा सहभागिता विषयक दुइ दिने तालिम नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र युवा घरको आयोजनामा बुधबारबाट सो तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरख बहादुर थापाले स्थानीय तहको योजना तर्जुमा प्रक्रिया युवाहरुको सहभागिता आवश्यक भएको बताए । वस्ति तथा वडा स्तरबाट योजना छनौट हुँदा भौतिक पुर्वाधारको विषय बढी प्राथामिक्तामा पर्ने गरेको बताउदै सामाजिक विकासको क्षेत्रमा योजना तर्जुमा गर्ने प्रक्रियामा युवाहरु सक्रिय हुनुपर्ने थापाको भनाइ थियो ।
२ दिन सम्म चल्ने तालिमको पहिलो दिन प्रशिक्षक मन भण्डारी र नमस्कार शाहले स्थानीय विकास, सामाजिक समावेशिकरण, स्थानीय विकासमा युवा सहभागिता, युवामैत्री स्थानीय तह लगायतको विषयमा प्रशिक्षण दिएका थिए ।
तालिममा विभिन्न वडाका ५० जना युवाहरुकोे सहभागिता रहेको थियो । युवा घरका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन युवा घरका सदस्य शिव कुमार वर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here