२१ जेठ, नेपालगन्ज । युवा–युवतीहरुलाई लागू औषध विरुद्धको सचेतनामूलक प्रशिक्षण दिइएको छ ।
प्रदेश युवा परिषद् विकास समिति लुम्बिनीको आयोजनामा बाँके जिल्लाको नेपालगन्ज स्थित युवा–युवतीहरुलाई लागू औषध विरुद्धको सचेतनामूलक प्रशिक्षण बुधवार दिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।






