नेपालगञ्ज, साउन २४ गते । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका चार वटा पालिकाका अति विपन्न र समस्यामा परेका परिवारलाई कुखुरा पालनका लागि चल्ला लगायत अन्य सामाग्री वितरण गरेको छ । क्लबले उनिहरुको जीवनस्तर उकासेर आर्थिक रुपमा सक्षम बनाउन कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको जिविकापार्जनका लागि कुखुरा पालन परियोजना अन्तर्गत ती चल्ला र अन्य सामाग्री वितरण गरिएको हो । सो परियोजना अन्तर्गत बाँकेका खजुरा र राप्तीसोनारी गाउँपालिका तथा कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका १५ जना अति विपन्न परिवारको छनोट गरेर उनिहरुलाई सो सहयोग गरिएको हो । कुखुरापालनबाट आयआर्जन गरेर आफ्नो परिवारको पेट पाल्नुका साथै छोरा छोरीलाई शिक्षा लगायत पोषिलो खाने कुराको समेत व्यवस्था गराउने उदेश्यले यो परियोजना सञ्चालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले राम्ररी कुखुरा पालन गर्न सके निश्चित रुपमा आर्थिक अवस्था सबल हुनुका साथै बालबालिकाको शिक्षा र स्वास्थ्य पनि राम्रो हुने बताउनुभयो । एक कार्यक्रमका विच मंगलवार क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, खजुराका कमला न्यौपाने र सल्लाहकार सिराज खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी तथा वित्तिय प्रमुख वेद पंगाली लगायतले कुखुराका चल्ला, दाना लगायतका सरसामाग्री वितरण गर्नुभयो । वितरण गरिएका सामाग्रीहरुमा हरेकलाई १७० वटा कुखुराका चल्ला, १० बोरा दाना, चल्लाका लागि पानी खाने र अन्य भाडाहरु रहेका छन् । कतार च्यारेटीले अति विपन्न परिवारका लागि लक्षित गरेर बाँकेमा विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here