नेपालगन्ज, फागुन ८ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा राेजगारि सृजनाका लागि राेजगारदाताहरुलाई अभिमुखिकरण आयोजना गरेकोे छ । प्लान नेपालको सहयाेगमा क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तरगत साे अभिमुखिकरण आयोजना गरिएको हाे । कार्यक्रममा गुलरियामा रहेका विभिन्न सेवा प्रदायक संस्था, फर्म, कम्पनी, बिद्यालय,सहकारी, हाेटेल व्यवसायी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरु र श्रमिकहरुविच लैगिक समानता र श्रम एन सम्बन्धि छलफल भएको थियो । सा्े अभिमुखिकरणाकाे सहजिकरण अधिवक्ता राजकुमार थारूले गर्नुभएको थियो । कार्यक्रममा परियोजनाको उदेश्य , हालसम्मको प्रगति समिक्षा र राेजगारि सृजना गर्न सहयोग पुग्नका लागि राेजगारदाताले गर्नुपर्ने कार्यका बारेमा छलफल गरिएको थियोे । युवा महिलालाई विभिन्न राेजगारदाताकाे निकायमा राेजगार दिलाउन सहयोग पुग्ने वातावरण बनाउन तथा लैगिक समानता कायम गरेर मर्यादित काममा लाग्न सहजताका लागि अभिमुखिकरण गरिएको पर्ल परियोजनाका संयोजक गाेविन्द लामिछानेले बताउनु भयो । साे अभिमुखिकरणमा ३५ जनाको सहभागिता रहेकाे क्लबले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here