२८ असोज, नेपालगञ्ज । प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका बाढीपिडीतलाई राहत वितरण गरेको छ ।
सात दिनको अबिरल वर्षाका कारण बाँके र बर्दियाका सयौं परिवार बाढी र डुबानबाट प्रभावित भै पिडति बनेपछि उनिहरुको उद्दार तथा पुनस्थापनाको लागि प्लान नेपालले आवश्यक बिभिन्न अखाद्य राहत सामाग्री राहत सामाग्री उपलब्ध गराएको हो ।
बर्दियाको राजापुर नगरपालिकामा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका प्रतिनिधि जनक गिरि र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीलाई र गेरुवा गाउपालिकाका अध्यक्ष जमानसिंह केसीलाई संयुक्त रुपमा राहात सामाग्री हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै प्लानका प्रतिनिधि गिरीले प्लान नेपाल विपदको बेलामा बर्दियाली जनताको साथमा रहेको बताउनुभयो । उहाँले प्लानले सधैं मानवीय सहयोगका कार्य गर्दै आएको पनि बताउनुभयो ।
प्लान ईनटरनेशनल नेपाल र बाँके युनेस्को क्लवको टोलीले हस्तान्तरण गरेको राहत सामाग्री बुझ्दै राजापुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीले यस्तो गम्भीर बिपद र संकटमा हातेमालो गर्दै सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।
प्लान नेपाल र बाँके युनेस्को क्लब लगायतको साझेदार संस्थाको टोलीले बर्दियाको राजापुर नगरपालिकामा १०० थान कम्बल, १०० थान झुल, १०० थान त्रिपाल र १०० थान मेट्रेस तथा गेरुवा गाउपालिकामा ५० थान कम्बल, ५० थान झुल, ५० थान त्रिपाल र ५० थान मेट्रेस हस्तान्तरण गरेको थियो ।
सो अवसरमा गेरुवा गाउपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशाशकिय अधिकृत बसबहादुर राना, बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक महेश नेपाली लगायतको पनि उपस्थिति रहेको थियो ।
गत असोज १९ गतेदेखि २५ गतेसम्म अविरल परेको बर्षातका कारण डुवानबाट पीडित तथा प्रभावितका लागि कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लवले बाँकेमा ५० थान त्रिपाल, र आफनै आन्तरिक कोषबाट बर्दियामा ५० थान त्रिपाल तथा सेल्टरमा मेस चलाउनको लागि खाद्यान्न समेत उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here