१२ श्रावण, नेपालगञ्ज । मोहर्रम पर्व अन्तर्गत आज नगर तथा विभिन्न ग्रामीण क्षेत्रमा ताजिया स्थापित गर्न लागिएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व मनाइ“दै आइएको छ ।
यो पर्व लगातार दस दिनसम्म मनाइने गरिन्छ । गत बिहीवारदेखि शुरु भएको मोहर्रम पर्व अन्तर्गत नगर तथा गाउँपालिकाहरुमा जुलुस प्रदर्शन गर्न ताजियादारी गर्ने त्यस्तै मोहर्रम पर्वमा बाजागाजा सहित जुलुस नगर परिक्रमा गराउने, मेहँदी जुलुस प्रदर्शन, आलम र मातम जुलुस, आगोको मातम र आज श्रावण १२ गते राती भाकल राखी पायक भर्ने, ताजियादारी र विभिन्न किसिमको झाँकी प्रदर्शन गरी राती जाग्राम बस्ने र भोलि १३ गते सो ताजिया फुल्टेक्राको कर्बला मैदानमा विसर्जन गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here