१३ फागुन, नेपालगञ्ज । ज्योती स्पोर्टस एकेडेमी (ए) र नेपालगञ्ज मोडेल एकेडेमी नेपालगञ्ज मेयर कप पुरुष तथा उप–मेयर कप महिला क्रिकेट प्रतियोगिताको विजेता बनेका छन् ।
नेपालगञ्जमा शनिबार भएको पुरुष तर्फको खेलमा ज्योती स्पोर्टस एकेडेमी(ए)ले भेरी रकर्सलाई ७७ रनले पराजित गरेको छ । महिला तर्फको फाईनलमा नेपालगञ्ज मोडेल एकेडेमीले होलिल्यान्ड स्कुललाई ७ विकेटले हरायो ।
मंगलप्रसाद उच्च माविको खेल मैदानमा शनिबार टस हारेर ब्याटिङ गरेको ज्योती स्पोर्टस एकेडेमीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएको थियो । टोलीका लागि ओपनर प्रनित थापा मगरले सर्वाधिक ५६ रन, रोहन केसीले २७ रन, अमर सिंह राउटेलाले १८ रन बनाए ।
भेरी रकर्सका रोशन कुमार साहुले ३ विकेट, सुरज दास र सोम शर्माले २–२ विकेट लिए ।
जवाफमा भेरी रकर्सले १६ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय २ रन प्राप्त गरेको छ । टोलीका लागि सद्धाव अन्सारीले ३६ रन र हसिब अन्सारीले १५ रन बनाए । ज्योतीका अमर सिंहले ३ विकेट, सुनिल सुनार, सिद्धान्त राज शाही र गौतम कनोजियाले २–२ विकेट लिए । फाइनलमा ज्योतीका प्रनित थापा मगर प्लेयर अफ द फाइनलबाट पुरस्कृत भए ।
यसैगरी महिला तर्फको खेलमा सुरुआतमा ब्याटिङ गरेको होलिल्यान्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४२ रन बनाएको थियो । टोलीका लागि एलिना बर्माले ५० रन र गायत्री कश्यपले २४ रन बनाईन । नेपालगञ्ज मोडेलकी चमेली चौधरीले सर्वाधिक ४ विकेट र नेरी थापाले २ विकेट लिईन ।
जवाफमा नेपालगञ्ज मोडेलले १३.४ ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । होलिल्यान्डकी यामुना थारुले २ विकेट लिईन । नेरी थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भईन ।
प्रतियोगितामा पुरुष तर्फ भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द टुर्नामेन्ट, भेरीकै सुरज दास उत्कृष्ट वलर, भेरीकै सद्धाव अन्सारी उत्कृष्ट ब्याटसम्यान, ज्योती स्पोर्टस एकेडेमी (बी)का ज्ञानेन्द्र रोकाय उत्कृष्ट फिल्डर, मंगल प्रसाद उच्च माविका करण बानिया उदयीमान खेलाडीको रुपमा पुरस्कृत भए ।
यसैगरी महिला तर्फ नेपालगञ्ज मोडेलकी चमेली चौधरी प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट वलर पनि चमेली, होलिल्यान्डकी जिज्ञासा थापा उत्कृष्ट ब्याटस वुमन, वेस्ट फिल्डर पनि जिज्ञासा, मंगलकी निरुता सत्यालले राईजिङ प्लेयरको पुरस्कार प्राप्त गरिन् ।
विजयी खेलाडीलाई नेपालगञ्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खान, बाँके जिल्ला ट्राफिक कार्यालय प्रमुख हिमालयन शाह लगायतले पुरस्कृत गरे । बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगञ्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भएको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाए । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here