नेकपा माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरपालिका को निर्वाचनमा मेयर, उपमेयर सहित २३ वटै वडामा एक्लै लड्ने निर्णय गरेको छ । माओवादीलाई मेयर उपमेयर केही पनि नपाएको अवस्थामा वडामा समेत काँग्रेस र जनता समाजवादी पार्टीले आफुहरुलाई राम्रो ठाउँ नदिएको भन्दै सबै पदमा उम्मेदवारी दिएर एक्लै निर्वाचनमा होमिने निर्णय बारेमा शनिवार औपचारिक रूप मा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटिका अध्यक्ष रतन शाहीले पत्रकार माझ विज्ञप्ती जारी गर्दै माओवादीले सैद्धान्तिक रुपमा गठबन्धनलाई स्विकार गरेर अगाडी बढिरहेको अवस्थामा नेपालगञ्जमा मेयर उप मेयर नपाउँदा वडामा न्याय गर्न काँग्रेस र जसपासंग छलफल गरिएपनि वास्ता नगरिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिने र निर्वाचन एक्लै लड्ने निर्णय गरिएको बताउनुभयो ।उहाँले काँग्रेस र जसपाले पनि सबै वडामा उम्मेदवारी दिने निर्णय गरेपछि आफुहरु पनि यो गर्न बाध्य भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here