३० भाद्र, नेपालगन्ज । बाँकेका उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए– अदबले शनिवार आफनो नियमित मासिक गजल गोष्ठीको आयोजन गरेकोछ ।
गुल्जार–ए–अदब बाँकेले प्रत्येक महिनाको अन्तिम शनिवारका दिन आयोजना गर्दै आई रहेका गजल गोष्ठीमा उर्दू साहित्यकारले मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आईरहेका छन् सोही अनुसार महेन्द्र पुस्तकालको सभाहलमा उक्त गजल गोष्ठीमा साहित्यकारहरुले आ–आफ्ना गजल वाचन गरेका थिए । गजल गोष्ठीमा “जो मुझको किसी और का होने नहीं देता ” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।
नेपालगंजका बायोबृद्ध उर्दू साहित्यकार मोहम्मद यूसुफ आरफी कुरैशीको अध्यक्षतामा सम्पनन भएको थियो । वह गजल गोष्ठीमा भारतका मेराज शिवपुरी, लाल नानपारवीं, हयात नेपाली, सैयद असफाक रसूल नेपाली, सर्वर नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, अव्दुल हमीद सिद्दीकी, मेराज अहमद हिमाल लगायत साहित्यकारहरूले गजल वाचन गरेका थिए । कार्यक्रममा जाकीर हलवाई, जमील हाशमी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सर्वर नेपालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here