बाँकेको पुरैना बिर्तास्थित काञ्जी हाउसबाट मारिएका सैयौं गाईहरुको आत्माको शान्तिको लागि वडा नं. ८ मा रहेको कालीमाई मन्दिरका प्रख्यात भुइँहार (तान्त्रिक) रमेश चन्द्र कुम्हार (काला कौवा)ले महायज्ञ तथा पुजापाठ गर्ने तयारीमा लागेका छन् ।

विगत वर्ष नेपालगञ्ज उमनपाले राष्ट्रिय जनावर र हिन्दु आस्थाको प्रतिक गाईको संरक्षण संवद्र्धनको लागि त्यहाँ काञ्जी हाउसको निर्माण गरेको थियो तर सो गाईहरुको संरक्षण संवद्र्धन गर्न नसक्दा उमनपाले उनी सैयौं गाईहरुलाई सुर्खेतको कटकुवा जंगलमा रहेको पहाडी भीरबाट खसाई हत्या गरेको थियो ।

यस घटनाको छानबीन हुँदा अदालतले सानो तहका केहि कर्मचारीहरुलाई दण्ड र जरिबाना गरेको थियो तर गाईको हत्या गराउने निर्देश दिएका ठूला तहका उमनपाका पदाधिकारीलाई कुनै किसिमको दण्ड जरिबाना नदिइएको पाइन्छ ।

अहिले काली मइया मन्दिरका प्रख्यात भुइँहार तान्त्रिक रमेश चन्द्र कुमाल (काला कौवा)ले कटकुवामा पुगी मारिएका गाईहरुको आत्माको शान्तिको लागि पुजापाठ गर्ने र बिर्तास्थित काञ्जी हाउसमा रहेका गाईहरुलाई उमनपा कार्यालयले लापरवाही गर्दै भोकै प्यासै र औषधि उपचार नगरि मारिएको हुँदा उक्त मारिएका गाईहरुको आत्माको शान्तिको लागि यो महायज्ञ र पुजापाठ कार्यक्रमको आयोजना गर्ने तयारी गरेका छन् ।

यस सम्बन्धमा कालीमाई मन्दिरका भुइँहार तान्त्रिक रमेश चन्द्र कुमाल (काला कौवा)सँग कार्यक्रमबारे जानकारी लिन खोज्दा उनले भने, बिर्ताको काञ्जी हाउसमा रहेका गाईहरुलाई ट्रकमा कोची–कोची राखियो यसबाट धेरै गाईको स्वाँस निस्सासिएर मारिए बाँकी रहेका गाईहरुलाई कटकुवामा लगी हत्या गरिएको पाइन्छ ।
अहिलेसम्म रोजिन्दा दर्जनौं गाईहरु बिर्ताको काञ्जी हाउसमा भोकै प्यासै औषधि उपचार नगरि हत्या गरिएके छ । गाईहरुको हत्या भएकोले सम्पूर्ण नेपालगञ्ज नगरमा संकट पैदा भएको छ । यहाँको व्यापार व्यवसाय चौपट भएकोले उद्योगी व्यापारी मर्कामा परेका छन् त्यस्तै दैनिक रुपमा विभिन्न सरसामाग्रीको मूल्यमा वृद्धि भएकोले नागरिक दोहोरो मारमा परेका छन् ।

गाईहरुको आत्माको शान्तिको लागि महायज्ञ र पुजापाठ नगरिए सम्पूर्ण नगरको नै विनाश हुने खतरा रहेकोले यो खतरा टार्न गाईको आत्माको शान्किो लागि महायज्ञ र क्षमा पूजा गर्ने कार्यक्रमको आयोजना गर्ने तयारीमा लागेका छौं यसर्थ सम्पूर्ण नगरवासीहरुमा यस कार्यक्रममा सहभागी भएर यस उमनपालाई बचाउन आ–आफ्नो तर्फबाट योगदान पु¥याउन उनले आग्रह गरेका छन् ।

दशकौं अघि बाँके जिल्लामा औलो, हैजा जस्ता महामारी रोग चल्दा हजारौं हजार व्यक्ति यस्ता महामारी रोगबाट असमय मर्ने गरेका थिए यो समस्या टार्न कालीमइया मन्दिरका पूर्व भुइँहार स्व. श्री पितई लाल कुम्हार त्यसपछि उहाँको छोरा स्व. राम स्वरुप कुम्हार र पछि उहाँको छोरा स्व. भुलई प्रसाद कुम्हार भुइँहार रहि हरेक वर्षको जेष्ठ महिनामा नगर पुजइया कार्यक्रम आयोजन गर्ने थालनी गरेका थिए ।

यो नगर महापुजइया कार्यको शुरुआत हुँदा बाँकेमा उल्लेखित महामारी रोगको अन्त भएको इतिहास छ । वर्तमान समय यो नगर महापुजइया कार्यक्रम कालीमइया मन्दिरमा स्व. भुलई प्रसाद कुम्हारका छोरा रमेश चन्द्र कुमाल (काला कौवा) विधिवत आयोजना गर्दै आएका छन् । यस वर्ष ८ नं. वडाको कालीमइया मन्दिरमा नगर महापुजइया कार्यक्रमको आयोजन यहि जेष्ठ २३ गते सोमवार दिन जून ६ तारेखबाट शुरु हुने भएको छ । यो नगर महापुजइया कार्यक्रम जेष्ठ २८ गते शनिवारका दिन जुन ११ तारेखसम्म चल्नेछ । कार्यक्रम अनुसार जेष्ठ २३ गते पहिलो दिन भगवान शिवजीको रुद्राभिषेक, २४ गते सुन्दरकाण्ड पाठ, २५ गते मातारानीको अभिषेक तथा श्रृंगार र वेदीको तयारी, २६ गते बिहान ५ बजेदेखि माताजीलाई जलको धार अर्पण, सोही दिन १० बजे कन्या पूजन पुजापाठ गर्दै रात्री १ बजे नगर चलानी पुजइया गर्दै नगर भवनस्थित हरदेव बाबा मन्दिरमा पुजा अर्चना र सृष्टि हल नजिकै रहेको मरिमाता मन्रिमा पुजा अर्चना, बागेश्वरी माता मन्दिरमा पुजा अर्चना र रामबागस्थित सरस्वती माता मन्दिरमा पुजा अर्चना र मन्दिरको प्रांगण अगाडि जिन्नात बाबाको पुजा अर्चना गरी नगर चलानीको बिसर्जन गरिने छ ।
२७ गते साँझ हवन गरि पूर्णाहूति बिसर्जन गरिने र २८ गते महाप्रसाद (महाभण्डारा)को आयोजन पश्चात सम्पूर्ण पूजा कार्यक्रमको बिसर्जन गरिनेछ । बिर्तामा यसै बीच गरिने गाईहरुको आत्माको शान्तिको लागि महायज्ञ र पुजापाठ गर्ने समेत तयारी रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here