२२ माघ, नेपालगञ्ज । उपभोक्ता हित बिपरितको कार्य गरेको पाइएकाले कोहलपुरस्थित मामा भान्जा चाउमिन तथा सस उद्योगलाई कारवाही गरिएको छ ।
उपभोक्ताको गुनासोको आधारमा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोज कुमार थारुको नेतृत्वमा सरोकारवाला निकायहरु सहितको टोलिद्वारा सोमवार भएको अनुगमनको क्रममा ‘मामा भान्जा चाउमिन तथा सस उद्योग’ कोहलपुरले उपभोक्ता हित बिपरितको कार्य (लेवलिङ नभएको, बिल बिजक नभएको ईत्यादी) गरेको पाइएकोले रु. ५ हजार जरिबाना गरिएको तथा १४ हजार ८ सय मूल्य बराबरको अखाद्य चाउमीन र सस नस्ट गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराएका छन् ।
साना उद्योगी÷ब्यवसायीहरुलाई न्यूनतम व्यवसायिक शिक्षा दिने कार्यमा स्थानिय तह, उ.वा. संघ र नेपाल सरकारका सरोकारवाला निकायहरुले साझेदारी एवं सहकार्य गर्न जरूरी भएकोमा प्रजिअ पोखरेलले जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here