२८ श्रावण, नेपालगञ्ज । बाँकेको महेन्द्र पुस्तकालय नेपालगञ्जले विभिन्न कार्यक्रम गरी भाद्र ३ गते अमृत महोत्सव मनाउने तयारी गरेको छ ।
पुस्तकालयले आफनो ७५ औं वर्ष पुरा गरी ७६ औं वर्ष प्रवेशको अवसरमा अमृत महोत्सव विभिन्न कार्यक्रमका साथ भाद्र ३ गते मनाउन गई रहेको छ ।
बि.सं. २००३ सालमा प्रेम पुस्तकालयको नाममाले स्थापित भएको थियो पछि गएर महेन्द्र पुस्तकालय भएको हो । पुस्तकालको तदर्थ समितिका अध्यक्ष बलराम यादवको अध्यक्षतमा श्रावण २८ गते बसेको बैठकले भाद्र ३ गते अमृत महोत्सव भव्य र सभ्यका साथ मनाउनका लागी विभिन्न उप(समितिहरु समेत गठन गरिएको छ ।
स्मारिका प्रकाशन उप(समिति संयोजकमा बलराम यादव, सम्पादक मण्डल उप(समिति संयोजकमा सनतकुमार रेग्मी, गोष्ठी तथा कार्यक्रम उप–समिति संयोजकमा सुदिप भट्टराई, प्रचार प्रसार उप–समिति संयोजकमा बिष्णुलाल कुम्हारलाई चयन गरिएको छ । मूल समितिको संयोजकमा तदर्थ समितिका अध्यक्ष बलराम यादव र सदस्यहरुमा पुस्तकालयमा तदर्थ समितिका पदाधिकारी, छानबिन समितिका पदाधिकारी, उप समितिका पदाधिकारी र पुस्तकालयका सम्पूर्ण आजीवन सदस्यहरु मूल समितिको सदस्यमा रहने गरी समिति गठन गरिएको छ ।
सो कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका पूर्व केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, मधुसुदन शर्मा रिजाल, वरिष्ठ लेखक नरेन्द्र जंग पिटर, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हार, श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घरवारीटोल नेपालगञ्जका प्रधानाध्यापक बीरेन्द्र यादव, आदर्श माध्यमिक बिद्यालय राँझाका प्राचार्य प्रकाश आचार्य, बेचनलाल गुप्ता, केशवराम वर्मा, वरिष्ठ पत्रकार तथा अवधी भाषा बिज्ञ बिजय वर्मा, वडा नं.८ का पूर्व वडाध्यक्ष सुरेन्द्र गुप्ता, रण प्रसाद राना, चेतराम शर्मा, बिराटनगरका साहित्यकार शिव नारायण पंडिण्त सिंगल, पंकज कुमार श्रेष्ठ, सुदिप भट्टराई, कृष्णा देबी पाण्डेय, हरिप्रसाद तिमिल्सिना, सनत कुमार रेग्मी, कृष्ण मुररी प्रसाद भट्ट, बिश्वजीत तिवारी, अजय कुमार टण्डन, जमील अहमद हाशमी लगायतको उपस्थिति रहेको थियो ।
नयाँ नेतृत्वको लागि महेन्द्र पुस्तकालको निर्वाचन भाद्र २८ गते हुने भएको तय गरिएको छ सो निर्वाचनमा पुस्तकालबाट प्रकाशित हुने स्मारिकाको बिमोचन गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here