१९ श्रावण, बर्दिया । नवौं बृहत तथा बर्दिया जिल्ला स्तरीय महिला बिशेष प्रथम रक्तदान कार्यक्रम बुधवार आयोजित रक्तदान कार्यक्रममा ४४ महिला सहित २ सय ७ जनाले रक्तदान गरेका छन् ।
सोही अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्य सहित पाँच जनालाई बर्दियाको भुरीगाउँमा सम्मान गरिएको छ
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्य १७५ औं पटक रक्तदान, केन्द्रिय सदस्य प्रवास शाक्य ७९ पटक, केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल ६५ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३१ पटक, बाँकेका सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवालले ९६ पटक रक्तदान गरेकोमा सम्मान गरिएको छ ।
“रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ नवौंं पटक वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवार र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुबाबा नगर समितिको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उप–प्रमुख बीना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगञ्जका प्राविधिक महेश रानाक्षेत्रीलाई हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गरेका थिए ।
जन स्वास्थ्य अधिकृत बिष्णु ज्ञवालीद्वारा सञ्चालित कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवारकी नगर उप–प्रमुख बीना भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नवौं बृहत रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्य १७५ औं पटक रक्तदान, केन्द्रिय सदस्य प्रवास शाक्य ७९ पटक, केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल ६५ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३१ पटक, चन्द्रमणि पौडेल ३१ औं पटक, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, नगर उप–प्रमुख बीना भट्टराई ५ औं पटक, बर्दियाका चर्चित कलाकार खगेन्द्र नेपाल १५ औं पटक, वडा नं. १ का वडाध्यक्ष तथा समाजका जिल्ला सचिव श्यामलाल थारु २७ औं पटक रक्तदान गरेका छन् ।
यसरी रक्रदान गर्नेहरुमा समाजकी नगर समिति कोषाध्यक्ष जानकी पाण्डे, सरस्वती खत्री, बिजय कुमार सापकोटा, शिव प्रसाद, कृष्ण प्रसाद थारु, कुमार प्रसाद सापकोटा, भीम प्रसाद ढकाल, ममता पाठक, सबिता उपाध्याय, खेमराज बस्याल, सुरेश बौडेल, राजु चौधरी, रामछेटयारी चौधरी, लखन थारु लगायत ४४ महिला सहित २ सय ७ जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्य १ सय ७५ औं पटक रक्तदान, केन्द्रिय सदस्य प्रवास शाक्य ७९ पटक, केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल ६५ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३१ पटक र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवालले ९६ पटक रक्तदान गरेकोमा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जलाई ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, नगर उप–प्रमुख बीना भट्टराईले सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए भने सो अवसरामा ठाकुरबाबा नगरपालिकाकालाई प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका वरिष्ठ प्राविधिक उपेन्द्र रेग्मीले आयोजित रक्तदान कार्यक्रममा २ सय ७ जनाले रक्तदान गरेकोमा सम्मान पत्र प्रदान गरेका थिए । ठाकुरबाबा आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सह–आयोजकको रुपमा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय विकास मञ्च, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, औषधी व्यवसायी संघ, विकास प्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकता शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ रहेका थिए । सिको साकोस, हाम्रो मध्यवर्ती साकोस, बिश्वासिलो साकोस, प्रगति साकोस, किसान कमैया कल्याण साकोस, सगुन साकोस, कन्चन साकोस, मालिका साकोस, शिक्षक कल्याण साकोस, हिमालय सहकारी साकोस, ठाकुरबाबा बहुउद्देश्यीय सहकारी, नेउलापुर साना किसान, शिवपुर साना किसान, हाम्रो साना किसान बगनहा, ठाकुरबाबा साना किसान लगायत सहकार्यमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here