२६ भाद्र, नेपालगञ्ज । बर्दिया जिल्लामा “प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व÷कर्तब्य हो भने निःशुल्क रगत पाउनु पिडित पक्षको नैसर्गिक अधिकार हो“ भन्ने मूल नाराका साथ ४७ जनाले रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दियाद्वारा चौथौ पटक आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ४७ जनाले रक्तदान गरेका हुन् ।
उक्त रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दियाका अध्यक्ष गंगाराम पाठक, रमेश भण्डारी, शिवलाल भट्टराई, मोहनलाल श्रेष्ठ, दिनेश कुँवर, सतेन्द्र जिसी, झलकराज खडका, राजेश ओली, मनोज कुमार थारु, प्रवेश चौधरी, पार्वती गौडेल, शंकर बहादुर थारु, बिजय चौधरी, राकेश कडेल, कोमल कुमार चौधरी, गोबिन्द प्रसाद थारु, सुरजलाल थारु, शर्मिला रानामगर, बिष्णु नारायण थारु, पुष्पा बैद्य, कृष्ण प्रसाद पोखरेल, भीमलाल भट्टराई, शमीर खान, मित्रलाल ढकाल, दिपेन्द्र कडेल, नारायण पुरी, माधव बिष्ट, समृद्धि चौधरी, बिजय प्रसाद चौधरी, दिपक थारु, कालीराम थारु, टीकाराम चौधरी, मदन चौधरी लगायत महिला पुरुष गरी ४७ जनाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दियाका अध्यक्ष गंगाराम पाठकले जानकारी गराएका छन् ।
बारबर्दिया नगरपालिका वार्ड नं.–६ जयनगरमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप–शाखा बारबर्दियाको प्राविधिक सहयोगमा, बारबर्दिया नगर पालिकाको संरक्षकत्वमा, उद्योग वाणिज्य संघ बारबर्दिया, विकास प्रेमी युवा समूह बारबर्दिया, लायन्स क्लब अफ मगरागाडी, बी गु्रप, नागरिक समाज बारबर्दिया, विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड जयनगर, सदाशिव बचत तथा ऋण सहकारी संस्था लिमिटेड जयनगर, श्री जनशक्ति करेलिया सामुदायिक बन उपभोक्ता समूह बारबर्दिया नगरपालिका वार्ड नं.–५ बर्दियाको समन्वय÷सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला सचिव श्यामलाल थारु, नेपाल रेडक्रस सोसाइटी उप–शाखा बारबर्दियाका सभापति श्ररिाम चौधरी, सबिना थारु लगायत नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दियाका पदाधिकारी, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here