२९ पौष, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि नीतिगत कानुन निर्माण गरि कार्यान्वयन गरिने भएको छ ।
महिला र कानून विकास मंचको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको समन्वयमा खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी निर्माण गरिएको हो ।
सोमबार आयोजित छलफल कार्यक्रममा पालिकाका अध्यक्ष डम्बरबहादुर बिकले समाजमा महिला तथा बालिकाहरुमाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेकाले त्यसलाई सम्बोधन गर्न कानूनी प्रक्रियाको आवश्यकता पर्ने हुँदा यो कार्यविधीले कार्य गर्न सहज हुने बताए ।
पालिकाका उपाध्यक्ष मञ्जु मल्लले मानिसको सोचमा विकास निर्माणका सवाल मात्र नभई समाजका विभिन्न विकृति, परम्परागत सोचका कारण महिला तथा बालिकाहरुमाथि भईरहेका हिंसाको सवाललाई पनि पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै यस्ता समस्यालाई सम्बोधन गर्न सबैको समान सहयोगको आवश्यकता रहेको बताइन् । उनले यस कार्यविधीले समाजमा लुकेका विभिन्न समस्यालाई उजागर गरि पीडितहरुलाई दिलाउनमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा वडा अध्यक्ष मनवीर क्षेत्री, कार्यपालिका सदस्यहरु कृष्णकुमारी पोखरेल, मैसरी पुन, खतमुल निसा साई, विष्णु सुनार, सब्बुन धोबी, विधायन समिति सदस्य मिनाकुमारी सुनार, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला न्यौपाने, अधिबक्ता केवलसिंह थारु, विश्वजित तिवारी लगायतले बोलेका थिए ।
खजुरा गाउँपलिकामा ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि प्रेषण प्रर्णाली कार्यविधी २०८२’ निर्माण गर्न लागिएको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here