१६ भाद्र, नेपालगञ्ज । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गर्नुभएको छ । बिहीवार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तर्गत निर्माण भएका विद्यालय भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले निर्वाचन क्षेत्रका विद्यालयहरुमा प्राविधिकधारका विषयहरु विस्तार गरी शैक्षिक हबका रुपमा बिकास गर्ने उद्देश्य लिएको बताउनुभएको हो ।
मन्त्री अथकले बिहिबार एकैदिन ३ वटा विद्यालयमा निर्मित भवनको उद्घाटन गर्नुभएको छ । टिनका छाना बिस्थापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियान अन्तर्गत राप्ती सोनारी गाउँपालिकाका बिभिन्न वडाका ३ वटा बिद्यालय भवन उद्घाटन गरिएको हो ।
जस अन्तर्गत मन्त्री अथकले राप्तीसोनारी ६ को जनसिद्धेश्वर बहुमुखी क्याम्पसको १५ कोठे भवन उद्घाटन गर्नुभएको हो । त्यसैगरी राप्तीसोनारी ६ कमैया डाँडामा रहेको सु(कमैया आधारभुत बिद्यालयको २ कोठे भवन तथा राप्ती सोनारी ३ भवानियापुरमा रहेको सरस्वती माबिको ८ कोठे पक्की भवनको समेत उद्घाटन गरीएको छ ।
नवनिर्मित भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरुमा टिनको छाना हटाई १०० वटा पक्की कोठाहरु निर्माण गराउन सफल भएको बताउनुभयो । उहाँले ५०० भन्दा बढि विद्यार्थीहरुलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाउनुभएको छ । मन्त्री अथकले संघिय सांसदमा निर्वाचित भए लगतै आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो बिस्थापन अभियान सञ्चालन गर्दै आउनुभएको छ ।
शिक्षा क्षेत्रको सुधार नगरी समग्र बिकासले गति नलिने भन्दै मन्त्री अथकले आफ्नो मुख्य प्राथामिकतामा शिक्षा रहेतापनि आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासमा केन्द्रित हुने प्रतिवद्धता जनाउनुभएको छ । हरेक विद्यालयलाई प्राविधिकधारमा लैजानुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अथकले पहिलो चरणमा निर्वाचन क्षेत्रका तिन वटै पालिकाका ४ वटा विद्यालयमा कृषि र सिभिल ईन्जिजियर तर्फको पठनपाठन शुभारम्भ गरिएको बताउनुभयो । उहाँले बाँके जिल्लाको समग्र बिकासका लागी आफु लागी पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं नेकपा लुम्बिनी प्रदेश संसदीय दलको सचेतक पार्वती पुन (उषा), प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, पत्रकार र स्थानीयको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here