१० श्रावण, नेपालगञ्ज । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको आयोजनामा भोलि महङ्गी विरुद्ध थाल ठटाउने कार्यक्रम गरिने भएको छ । राप्रपाको केन्द्रिय निर्देशन अनुसार भोलिदेखि ७७ जिल्लामा दोस्रो चरणको आन्दोलन सुरु हुँदै छ यसै क्रममा भोलि बुधवार श्रावण ११ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको आयोजनामा महङ्गी विरुद्ध थाल ठटाउने कार्यक्रमको आयोजना गर्न लागिएको हो । सो कार्यक्रममा बढि भन्दा बढि संख्यामा उपस्थित भएर कार्यक्रमलाई सफल पार्न सबै राष्ट्रबादी दाजुभाइ तथा दिदिबहिनीहरुमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनबाकेले अनुरोध गरेको छ । कार्यक्रम भोलि दिउँसो २ बजे त्रिभुवन चोकबाट सुरु भएर बिरेन्द्र चोकमा समापन हुने राप्रपा बाँकेकी सहसचिब तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँके अध्यक्ष इन्दिरा शाहीले जानकारी गराएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here