१९ कार्तिक, नेपालगञ्ज । जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले एक सय ५० जना परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।
कार्यपालिकाको आइतवार बसेको बैठकले भुकम्पपिडितहरुको तत्काल राहतका लागि खाद्य सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा पठाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चोधरीका अनुसार भूकम्प पीडितका लागि जाजरकोट जिल्लामा एक सय र रुकुमपश्चिममा ५० थान सेटको खाद्यान्न सामाग्री एक सय ५० जना परिवारलाई तयारी गरि पठाउने तयारी गरिएको छ ।
अहिले तत्काल चामल, दाल, नुन, तेल, सोयाबिन, कम्बल, पीपी फर्म, लगायत सामाग्री पठाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताए । उनका अनुसार अहिले पीडितहरुका लागि खाद्यान्न सामाग्रीको आवश्यकता रहेकाले खाद्यान्न र कपडालगायतका सामाग्री पाठाउन लागिएको छ ।
गाउँपालिकाले भूकम्पमा परि घाइते भएका बिरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा पठाएको छ । गाउँपालिकाले शनिबार राती दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको अध्यक्ष चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here