१८ कार्तिक, नेपालगञ्ज । शुक्रवार राती ११ बजेर ४८ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि गम्भीर रुपमा घाईते भएकाहरुको उपचारका लागि बाँके प्रशासनद्वारा बिहान ३ः२१ बजेदेखि उच्च स्तरको विभिन्न तयारी थालिएको छ ।
घाइतेहरुको उपचारको लागि भेरी अस्पताल नेपालगञ्जलाई डेडिकेटेड अस्पताल बनाइएको जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल जानकारी गराएका छन् ।
ब्याक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेस्ठलाई फोकल पर्सन तोकिएको छ । उनको मो.नं. 9851143666 रहेको छ ।
कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ भने अन्य निजी अस्पतालहरुलाई पनि तयारी रहन भनिएको छ ।
भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ ।
पर्याप्त मात्रामा डाक्टर, नर्सिङ स्टाफ र लजिस्टिक कि प्रबन्ध मिलाइएको छ ।
हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा बिमानस्थल र सेनाको हेलिप्याडमा २÷२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।
ब्लडको मौज्दात रहेको छ, अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको ब्यवस्था मिलाईएको छ ।
यसबीच भूकम्पमा परि घाइते भएका पहिलो घाइतेको रुपमा भेरी न.पा.३ खलंगा, जाजरकोट निवासी बिमल कुमार कार्की खुट्टा भांचिएको अवस्थामा एम्बुलेन्स मार्फत नेपालगञ्ज आइपुगेका छन् । यहाँ उनको उपचार भैरहेको छ ।