नेपालगन्ज उपमहानगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले भुमिहिन सुकुम्बासी र मजदुरको समस्या समाधानका लागि दत्तचित्त भएर लागि पर्ने बताउनु भएको छ ।
आइतवार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा ठुलो संख्याको उपस्थितिमा गरीएको गरीदैलो कार्यक्रमका क्रममा उहाँले समुदायमा समस्या झेलीरहेका र अधिकार प्राप्ती गर्न नसकेका त्यस्ता बर्गहरुको समस्याप्रति अत्यन्तै चिन्तित रहेको बताउनुभयो ।
उहाँले नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २० क्षेत्रफलका हिसावले पनि ठुलो वडा भएकाले विकासको लागि योजनागत रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडानम्बर २० कै राझामा रहेको बिमानस्थलको स्तरउन्नतीका लागि संघिय सरकार संग पहल गर्ने समेत बताउनुभयो । यसका साथै मदताताहरुले दिएको हौसलाले आफूमा उत्साह थपिएको बिष्टले बताउनुभयो ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी ,नेपाली कांग्रेस बाँकेका सचिव शुदान्छु कोईराला लगायत बाक्लो संख्यामा कांग्रेस नेता ,कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । यो उपस्थितिले कांग्रेसप्रति जललहर प्रष्ट रुपमा बढ्दै गएको भान आम नागरिकले गरेका छन ।
बिष्ट पुग्नासाथ स्वःस्फूर्त रुपमा शुभेच्छुकहरुले उपस्थित भएर आर्शिबाद र शुभेच्छा प्रकट गर्ने गरेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षमा रविन्द्र लामिछाने ,महिला सदस्यमा गौरा यादव ,दलित महिला सदस्यमा जिरा सार्की ,वडा सदस्यमा सन्तोष कुमार शर्मा र दिलबहादुर शाही रहनु भएको छ ।