१९ पौष, नेपालगञ्ज । भारतिय बिदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहेको बेला बिहीवार भारतिय बिदेश मन्त्रालयका तर्फबाट नेपालका भूकम्प प्रभावितका लागि राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपालगञ्जमा एक समारोहका बिच बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई भारतिय बिदेश मन्त्रालयका तर्फबाट कमान्डेन्ट पंकज मिश्राद्वारा राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएको राहत सामाग्रीमा स्लिपिङ ब्याग २ हजार थान, ब्ल्यांकेट १ हजार २ सय थान, टेन्ट (सिंगल फ्लाई) ५० थान, आर्क्टिटक टेन्ट १०० थान तथा पृफाइभ घर २० थान रहेका छन् ।
यस अघि पनि पटक पटक गरि भारत सरकारको तर्फबाट स्लिपिङ ब्याग ५ हजार १२ थान, ब्ल्यांकेट ५ हजार ३० थान, तृपाल ६२५ थान, टेन्ट सानो १९५ थान, टेन्न्ट ठूलो ३८ थान, मेडिकल सप्लाई ४,५२५.६० केजी राहत सामग्री प्राप्त भएको बाँकेका प्रजिअ पोखरेलले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here