१७ असार, नेपालगञ्ज । भन्सार छलि भण्डारण गरि राखेको लत्ता कपडा प्रहरीले बरामद गरेको छ ।
सोमवार जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. २ न्युरोड भानुभक्त चोक स्थित एक घरबाट उक्त लत्ता कपडा बरामद गरेको हो ।
सोनी गुप्ताले आफ्नै घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याइ भण्डारण गरी राखेको करिब ३८ लाख ३९ हजार २ सय बराबरको सामानहरु बरामद गरिएको हो ।
कुर्ता सुरुवाल ४,२७४ पिस अन्दाजी मुल्य रु.३४,१९,२०० को तथा साडी ८४० पिस अन्दाजी मुल्य रु.४,२०,००० गरि जम्मा रु. ३८ लाख ३९ हजार २ सय बराबरको सामानहरु सहित निज ब्यक्तिलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंञ्ज बाँकेमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here