१२ असोज, नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयको ब्यारियरमा मोटर साइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
मंगलवार राती ब्यारियरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने उनीसँगै रहेका एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतीय नागरिक रुपैडिहा बस्ने ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन् । गम्भीर घाइते भएका सन्दिपको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नर्सिङहोममा मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडिको सिटमा बसी यात्रा गरिरहेका २२ वर्षीय घाइते पृथ्वी राजपुतको सोही नर्सिङहोममा उपचार भइरहेको छ ।
नेपालगञ्जबाट रुपैडिहातर्फ जाँदै गरेको भारतीय नम्बरको युपी४० एसी ०८५६ कालो रंगका स्प्लेन्डर मोटरसाइकल मंगलवार राती पौने ११ बजे अनियन्त्रित भइ भन्सारको ब्यारियरमा ठोकिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here