६ भाद्र, नेपालगञ्ज । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानरपालिका वडा नं. ११ बस्ने ४९ वर्षीय कल्ल कबडियालाई १४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगञ्जको त्रिभुवन चोक नजिक लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सोही स्थानमा शंकास्पद रुपमा फेला पारी उनलाई जाँच गर्दा कालो प्लाष्टिकले पोका पारी बनाई राखेको ३ पोका ब्राउनसुगर फेला पारी पक्राउ गरिएको हो ।
प्रहरीले उनको साथबाट ब्राउनसुगरसहित नगद नेपाली २२ हजार र भारतीय रुपैयाँ १ हजार ५०० समेत बरामद गरेको छ ।
यस सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here