२५ पौष, बर्दिया । बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई विभिन्न सामाग्री वितरण गरिएको छ ।
बर्दियाको बढैयाताल–३ सिमरामा रहेको भवानी माध्यमिक विद्यालयका बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई विभिन्न सहयोगीहरुबाट प्राप्त उक्त सामाग्रीहरु शुक्रवार एक कार्यक्रमबिच वितरण गरिएको हो ।
बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीको प्रमुख आतिथ्यतामा कार्यपालिका सदस्य चन्द्रकला बि.क., वडा सदस्य आशिष, चर्च पास्टर सोनु बराईली, धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि तथा प्रमुखहरू, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पूर्व अध्यक्ष दिल बहादुर केसी, प्रधानाध्यापक, शिक्षक÷शिक्षिकाहरूबाट बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा, ज्याकेट, ऊलन टोपी र स्टेशनरी सामानहरु कपि, कलम, पेन्सिल लगायतको सामाग्रीहरु वितरण गरिएको हो ।
डा. बिनोद थापा, नेपालगन्जका धर्बेन्द्र बोहरा, बर्दिया निवासी रन्जित अधिकारी, नेपालगन्जका शमशेर महतरा, बर्दिया निवासी कुल बहादुर बि.क., दिपेन्द्र न्यौपाने तथा धनेश्वर यादव लगायतका समाजसेवीहरुको सहयोगमा उक्त सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको जनाइएको छ ।






