रमेश चन्द कुमाल/नेपालगंज २०७७ चैत १९ गते।

बैंकिङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ जिल्ला बाँके राप्तीसोनारी गा.पा.५ बस्ने बर्ष ३२ को असोक चौधरीलाई बैंकिङ कसुर मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेको मिति २०७६।०५।३० गतेको फैसलाले रु.३,७०,०००।– (तिन लाख सत्तरी हजार) जरिवाना तोकिएकोमा निज हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले मिति २०७७।१२।१९ गते निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको । बाँके प्रहरी प्रमुख ओम बाहदुर राना आएसँगै यस जिल्लामा अपराधीहरुलाई कारबाही धमाधम भइराखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here