१९ मंसिर, नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
सोमवार साँझ ६ः४५ बजेको समयमा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा.नं. ५ कन्या राजा सामुदायिक वन स्थित सोही ठाउँ चाचरफर्का बस्ने सोही बनको चौकिदार बर्ष ५० को माघु थारुले एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा रहेको छ भनि ईलाका प्रहरी कार्यालय बैजापुरलाई जानकारी गराएको आधारमा सो बन्दुक बरामद गरिएको हो ।
बन्दुकबारे जानकारी पाउनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली खटिई गई एकनाले भरुवा बन्दुक बरामद गरी थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here