१२ श्रावण, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालयदेखि चारबाहिनी चोक हुँदै गणेशमान चोकसम्म नेपालगञ्जमा शनिवार बृहत सरसफाई गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका ९ स्थित नेपालगञ्ज उपमहानगरपालिका बाँकेको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय, बाँकेको सहकार्यमा बृहत सरसफाई गरिएको हो ।
सो कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय, बाँकेका कार्यालय प्रमुख तुल बहादुर कार्की लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।