१२ असार, नेपालगञ्ज । बुद्धको प्राचीन मूर्तिसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
मंगलवार दिउँसो बाँकेको राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगंजस्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका रुपन्देही तिलोतमा – ११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर, बर्ष ५० को रामु न्यौपाने र दाङ घोराही – १५ बस्ने बर्ष ५८ को निम बहादुर कुँवरलाई सोधपुछ गरी निजहरुको खानतलासी गर्दा उक्त मूर्ति बरामद भएको हो ।
झोलामा ॐ नम: शिवाय: लेखिएको रुमालमा बेरी लुकाई राखिएको पिँधको गोलाई १ फिट ६ ईन्च, पिँधदेखि शिरको टुप्पोसम्मको उचाई ९ ईन्च, तौल गर्दा ८ किलो ६८० ग्राम भएको पहेलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने पहेंलो रङको धातुको जस्तो बुद्धको मुर्तिको साथमा ३ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here