१७ चैत्र, नेपालगञ्ज । बासी तथा सडेगलेको खाना बिक्री गर्ने एक खाजा घरलाई रु. १ लाख जरिबाना गरिएको छ ।
नेपालगञ्ज बिपिचोकस्थित महरा खाजा घरलाई १ लाख जरिबाना गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
गुनासोको आधारमा बाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राबिधिक टोलीद्वारा शनिवार अनुगमन हुँदा नेपालगञ्ज बिपिचोकस्थित महरा खाजा घरमा रहेको खाना उपभोग्य अवस्थामा रहेको नपाईएको हुँदा तत्काल रु १ लाख जरिबाना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पा्ेखरेलले जानकारी गराएका छन् ।
यस्तै शुक्रवार नेपालगञ्ज वडा–१ स्थित बिशालनगर एरियामा भएको बजार अनुगमनको थप बिवरण सार्वजनिक गरिएको छ ।
विवरण अनुसार कर्णाली अग्र्यानिक कोसेली घरमा पाइएको म्याद गुज्रिएको २८० मुल्यको सामग्री नष्ट गरिएको छ भने तिलक किराना पसलमा म्याद गुज्रिएको रु १ हजार ५ सय मुल्यको सामग्री नष्ट गरि ५ हजार जरिबाना भएको छ ।
यसैगरि नेपालगञ्ज कोसेली मार्ट प्रा.लि.मा पाइएको म्याद गुज्रिएको रु १५ हजार ५० मूल्यको सामग्री नष्ट गरि रु. २० हजार जरिबाना समेत भएको प्रजिअ पोखरेलले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here