८ मंसिर, नेपालगन्ज । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष दुर्गा लुईटेलले बढैयाताल गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुभयो । बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा उपाध्यक्षको भूमिका निर्वाह गर्नु भएकी लुईटेललाई किशोरी क्लबकी सदस्य कञ्चन भण्डारीले किशोरी क्लबको तर्फबाट नौ बुँदे ज्ञापन बुझाउनु भयो । सो अवसरमा आयोजित छलफल कार्यक्रममा विभिन्न क्लबका बालिकाहरुले बालबालिका र किशोरीका सवालहरुका बारेमा जिज्ञासा राखेका थिए भने उपाध्यक्ष लुईटेलले जवाफ दिनु भएको थियो । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको टेक ओभर कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक गोविन्द लामिछानेले गर्नु भएको थियो भने परियोजनाको उदेश्य बारे परियोजना अधिकृत ईश्वर विकले जानकारी गराउनु भएको थियो । टेक ओभरमा पालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नु भएकी लुईटेलले आफ्नो अनुभव सुनाउँदै यसबाट आत्मविश्वास बढ्नुका साथै नेतृत्व गर्ने क्षमताको पनि विकास भएको बताउनुभयो । कार्यक्रमको समापन गर्दै उपाध्यक्ष अधिकारीले यो कार्यक्रम निकै प्रभावकारी रहेको जनाउँदै यसले बालिका र किशोरीको क्षमता बढाउन अहम भूमिका खेल्ने बताउनु भयो । उहाँले प्लान र युनेस्कोले बाल विवाह अन्त्यका लागि बर्दिया जिल्लामा गरेका प्रयास र कार्यक्रम निकै प्रभावकारी देखिएकोले पालिकाले पनि निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here