२३ चैत्र, नेपालगन्ज । बालविवाहलाई पूर्णरुपमा बन्द गर्न थारु आयोगले ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा गर्दै बृहत्त अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजन गरेको छ ।
थारु आयोगले प्लान ईन्टरनेशनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको समन्वयमा बर्दियाको गुलरियामा आयोजना गरेको बालबिवाह न्युनिकरणकालागि बरघरहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा ब्यापक छलफलपछि ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको हो ।
कार्यक्रमको समापनमा आयोगले घोषणा गरेको प्रतिवद्धताहरुमा बालबिवाहलाई कुनै पनि हालतमा स्वीकार नगर्ने, बालबिवाहबिरुद्ध ब्यापक जनचेतना अभिबृद्धी गर्ने, बालबिवाह बिरुद्धका नीती, नियमहरुलाई कार्यन्वयन गर्न सम्बन्धित निकायमा पैरवी गर्ने र बालबिवाह न्युनिकरणको बिषय बरघर ऐनमा समाबेश गरी बरघरलाई अधिकार तथा श्रोत साधन सम्पन्न बनाउन पहल गर्ने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।
सोही प्रकारले बरघरहरुले एकजुट भई बालबिवाह बिरुद्ध बिभिन्न अभियान तथा कार्यक्रम संचालन गर्ने, बिवाहको उमेर २० बर्ष नै कायम राख्नकालागि निरन्तर वकालत गर्नेे प्रतिबद्धता पनि सो अवसरमा घोषणा गरिएको अध्यक्ष तुलाधरले बताए ।
उनले बर्दियामा बालबिवाहको अबस्था, यसका कारणहरु तथा न्युनिकरणमा गर्नु पर्ने कार्यहरुका बारेमा बृहत्त छलफल गरी यसका लागि बरघरहरुलाई जिम्मेवार बनाउने उध्येश्यका साथ सो कार्यक्रम सम्पन्न भएको बताए ।
कार्यक्रमको अध्यक्षता गर्दै थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारुले बालबिवाह न्युनिकरणकालागि आबश्यक योजना, नीती निर्माण र बजेट बिनियोजन गराउन संघीय, प्रदेश र स्थानीय सरकारसँग थारु आयोगले निरन्तर पैरवी गर्ने बिश्वास दिलाए ।
उनले यसका लागि सबैभन्दा उत्तम पात्र बरघरहरुनै रहेको जनाउँदै बरघरहरुको सक्रिय भूमिका भएमा बालविवाहलाई पूर्णरुपमा रोक्न सकिने बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले बालबिवाह न्युनिकरणका लागि आबश्यक निती निर्माण र बजेट ब्यबस्थापनमा प्रदेश सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन हरसम्भव प्रयास गरिने बताए ।
थारु आयोगका सदस्य भोलाराम चौधरीले समग्रमा बालबिवाहको अबस्था र बालबिवाह न्युनिकरणमा बरघरहरुको भुमिकाका बिषयमा प्रस्तुतीकरण गर्दै सबैको सामुहिक प्रयासबाट यो समस्या समाधान हुने बताए ।
कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका नीती तथा पैरवी ब्यबस्थापक ईरशाद अन्सारीले प्लानले बिगतदेखि नै बर्दियामा साझेदार संस्थामार्फत बालबिवाह न्युनिकरणमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सो कार्यका लागि बरघरहरुको भुमिकालाई बिशेष बनाउने बताए ।
सो अन्तरक्रियामा बारबर्दिया नगरपालिकाका मेयर छबिलाला थारु, मधुवन ४ का वडा अध्यक्ष बलीराम चौधरी, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्धिकी, बरिष्ठ उपाध्यक्ष पंचम गुरुङ्ग, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, थारु कल्याणकारी सभाका महामन्त्री मिनराज चौधरी, जिल्ला संयोजक बिर बहादुर चौधरी, बी ग्रुपका कार्यक्रम ब्यबस्थापक भानु लिम्बु र प्लान ईन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत निर्मला महत लगायतको पनि सहभागिता रहेको थियो ।
बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बर्दिया जिल्लामा बालबिवाहको अबस्था, बालबिवाहका कारण, जिल्लामा यसको न्युनीकरणका लागि भए गरेका प्रयासहरु र बालबिवाह न्युनिकरणकालागि बरघरहरुको भुमिकाको बिषयमा प्रस्तुतीकरण गरेका थिए ।
उनको प्रस्तुतीकरणमा बर्दिया जिल्लामा बालबिवाहको अबस्था पाँच वर्ष अघि ४६प्रतिशत रहेकोमा र हाल घटेर २१ प्रतिशत मा झरेको जानकारी गराईएको थियो ।
खुला छलफलमा सहभागीहरुले बिगतको तुलनामा बालबिवाहको दर घटेको र यसमा स्थानीय सरकार, बिभिन्न संघ, संस्थाहरु र बरघरहरुको उल्लेखनीय भुमिका रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here