१५ फागुन, नेपालगञ्ज । बालविवाह अन्त्यका लागि बर्दियाको बासगढीमा पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयारीको ३ दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ ।
बाँसगढी नगरपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत सो कार्यशाला गोष्ठिको आयोजना गरिएको थियोे ।
तीन दिनसम्म संचालन गरिएको सो गोष्ठि बालबिवाह अन्त्यका लागि ५ बुदे बाँसगढी घोषणा पत्र जारी गर्दै सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
जारी गरिएको घोषणा पत्रमा नगरपालिकाभित्र रहेका सबै सरोकारवालाले बालविवाह अन्त्यका लागि निरन्तर प्रयत्नशिल रहने, चालु आवमा नगरका दुई वडालाई वालविवाह मुक्त वडा घोषणा गरिने, बालविवाह रोक्न जनता माझ अन्तर धामिर्क सञ्जाल अभियान सञ्चालन गर्ने, बालविवाह अन्त्यका लागि नगरपालिकाले अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयार गरि लागु गर्ने र नगरपालिकाभित्र रहेका विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको पहिचान गरि राजपत्रमा सुचना प्रकाशित गर्ने कुरा उल्लेख गरिएको छ ।
बिभिन्न धर्मका धार्मिक, अगुवा, पण्डित, बडघर, पास्टर, बौद्ध गुरुहरुलाई एउटा संजालमा आबद्ध गरी बालबिवाह बिरुद्ध शसक्त रुपमा कार्य गरी बाँसगढी नगरपालिकालाई बालबिवाह मुक्त गाउँपालिका बनाउँने उदेश्यका साथ सो कार्यशाला गोष्ठिको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
कार्यशाला गोष्ठिमा बाल अधिकार, बाल संरक्षण, बालबिवाह, यस सम्बन्धी कानुनी तथा नितीगत ब्यबस्थाहरु, यसका कारण, प्रभाव र यसको न्युनिकरणमा स्थानीय सरकार र धार्मिक अगुवाहरुको भुमिका बिषयमा ब्यापक छलफल गरिएको थियो ।
बाँसगढी नगरपालिकाका उपप्रमुख ईन्दिरा चौधरीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलको बिशेष उपस्थितीमा सम्पन्न कार्यशाला गोष्ठिमा नगर कार्यपालिकाका सदस्यहरु, पालिकाका सबै शाखाका प्रमुखहरु, बिभिन्न धर्मका धार्मिक अगुवाहरु, नागरिक समाज संस्थाका प्रतिनिधीहरु र नेपाल प्रहरी समेतको सहभागिता रहेको थियो ।
गोष्ठिमा अन्तरधार्मिक संजाल संचालन तथा ब्यबस्थापन कार्यबिधीका बिभिन्न दफामा छलफल, समुह कार्य र प्रस्तुतीकरण गरिएको थियो । त्यसैगरी गोष्ठिी अबधीभर एउटा ड्राफ्ट कार्यबिधी तयार गरिएको छ ।
सदस्य सचिवको रुपमा महिला तथा बालबालिका प्रमुख रहने प्राबधान रहेको मस्यौंदा कार्यबिधीलाई अझै पालिकाले छलफल गरी अन्तिम रुप दिई कार्यापालिकाबाट अनुमोदन गराई कार्यन्वयनमा ल्याउने सहमति र समझदारी गोष्ठिमा गरिएको छ ।
गोष्ठिको अन्त्यमा बाँसगढी नगरपालिकाका उपप्रमुख चौधरीले बालबिवाहको अन्त्य तथा न्युनिकरण स्थानीय सरकारको प्रमुख काम भएको जनाउँदै तर पनि यसको न्युनिकरणको लागि प्लान नेपाल र बाँके युनेस्को क्लबले गरेको प्रयत्नप्रति आभार ब्यक्त गर्नुभयो ।
उहाँले यो कार्यबिधीलाई पालिकाबाट अबिलम्ब अनुमोदन गराई अन्तरधार्मिक संजाल बाँसगढीलाई बालबिवाह न्युनिकरणमा कार्य गर्ने स्थानीय सरकारको एउटा अबयबको रुपमा स्थापना गर्ने गरी यस पालिकालाई छिटै बालबविवाह मुक्त पालिका बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here