३० फागुन, नेपालगञ्ज । बाँकेका बाल सुधार गृहमा रहेका बालबिज्यांईकर्ताहरुको गुणस्तरीय स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्न भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजसंग सहकार्यको सम्झौता भएको छ ।
प्रत्येक महिनाको पहिलो शनिवार कोहलपुर मेडिकल कलेजको तर्फबाट विशेषज्ञ चिकित्सकहरुको टिम
(फिजिसियन–१, बालरोग चिकित्सक–१ र मनोचिकित्सक–१ ) द्वारा नौबस्ता स्थित बाल सुधार गृहमा उपचार हुने ।
त्यसै गरि भेरी अस्पतालको तर्फबाट प्रत्येक महिनाको दोस्रो शुक्रवार हिरमिनिया स्थित जयेन्दु बाल सुधार गृहमा विशेषज्ञ चिकित्सकहरुको टिमद्वारा स्वास्थ्य उपचार हुने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराएका छन् ।
यस कार्यका लागि जिल्ला बाल न्याय समितिका तर्फबाट जिल्ला न्यायाधीश भिष्मराज प्रसाई र स्वास्थ्य संस्थाका तर्फबाट सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखहरु बिच सम्झौता भएको प्रजिअ पोखरेलले बताएका छन् ।
बाँके जिल्लामा २ वटा बाल सुधार गृह संचालनमा रहेका छन् । बाँकेको नौबस्ता स्थित बाल सुधार गृह जस्को संचालन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट हुन्छ भने दोस्रो हिरमिनिया स्थित जयेन्दु बाल सुधार गृह जस्को संचालन गैर सरकारी संस्थाले गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here