१६ श्रावण, नेपालगञ्ज । प्रहरीले बाढीमा फसेका मानिसहरु उद्धार गरेको छ ।
बुधवार बिहानदेखि भएको अविरल वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ६ दोन्द्रा खोलामा खोला तर्ने क्रममा राप्तिसोनारी गा.पा.७ बस्ने वर्ष ५० को कुल बहादुर थारु उक्त खोलाको बिच जंघारमा फसेको भनि खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, भगवानपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो ।
यसबीच यो घटना खोलाको डिलमा बसेर हेर्दै गरेका सोही ठाउँ दोन्द्रा बस्ने वर्ष ४८ को सहजराम मौर्य र वर्ष २८ को परशुराम यादव उक्त खोलामा फसेको अवस्थामा निज तिनै जनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here