नेपालगन्ज, साउन १८ । बाँके युनेस्को क्लबले आफ्नो ३५औँ साधारणसभा तथा स्थापना दिवस बिहीवार भव्य रुपमा मनाएको छ ।
क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उदघाटन युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सदस्य हरिबंश किराँतले गर्नु भएको थियो ।
उदघाटन समारोहमा बोल्दै आयोगका सदस्य किराँतले बाँके युनेस्को क्लबले आफ्नो ३५ वर्षको यात्रा सफलतापूर्वक पुरा गरेको जनाउँदै सो अवधीमा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सुरक्षा र मानवताको क्षेत्रमा प्रशंसनीय योगदान गरेको बताउनुभयो ।
उहाँले क्लबले राम्रो काम गरेकोले देश विदेशसंगै स्थानीय समुदायमा पनि छु्ट्टै पहिचान बनाउन सफल भएको जनाउँदै सो अवधिमा हजारौं सिमान्तकृत र पिछिडिएका मानिसहरु लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उप–महानगरका उपमेयर कमरुद्दीन राई, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, राधाकृष्ण जनसेवा केन्द्र बर्दियाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, एनजिओ महासङ्घका पूर्व अध्यक्ष कृष्ण जङ्ग शाह, नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष गोबर्धन सिंह सम्झना, बास नेपालका वरिष्ठ उपाध्यक्ष शिवकुमार वर्मा, युथ नेटवर्कका अध्यक्ष एक नारायण अधिकारी लगायतले गत ३५ वर्षको अवधीमा बाँके युनेस्को क्लबले बाँके, बर्दिया, कैलाली र सुर्खेत लगायतका जिल्लाहरुमा गरेको कामहरुको प्रशंसा गर्नुभयो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष गोबर्धन सिंह सम्झना, शिक्षाविद तथा साहित्यकार किरण आचार्य, वरिष्ठ फिजिसियन डा. प्रकाश नाग, राधाकृष्ण जनसेवा केन्द्र बर्दियाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, एनजिओ महासङ्घका पूर्व अध्यक्ष कृष्ण जङ्ग शाह र बिराज सिंहलाई उहाँहरुले समाजमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
सोही प्रकारले, उक्त अवसरमा नगद रकमसहित क्लबका कर्मचारीहरु महेश नेपाली, राधेकृष्ण थारू, प्रजुना श्रेष्ठ र सञ्जय चौधरीलाइ बेस्ट स्टाफ अफ द इयर अवार्ड २०२४ बाट सम्मानित गरिएको थियो भने बसन्त बीसी र जनक चौधरीलाई उत्कृष्ट उत्कृष्टताको पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपालीले विगतका परियोजनाहरू र त्यसका उपलब्धिहरू विस्तृत रूपमा प्रस्तुत गर्नु भएको थियो ।
सोही अवसरमा युवा नेता ऋतिक शाही र मोहम्मद सलमान सल्मानीलाई पनि मानव बेचबिखन विरुद्धको अभियान, बालबालिकाको अधिकारका लागि वकालत गर्दै आएकोमा प्रशंसापत्र वितरण गरिएको थियो ।
कार्यक्रममा जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष मोहमम्द रजा राई, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्ग, सशस्त्र प्रहरी बलका डिएसपी जनक उपाध्याय, एनजिओ महासंघ बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष परवेज अली सिद्दीकी, क्लबका पूर्वअध्यक्ष राजेन्द्र चौधरी र बर्दिया अस्पतालका प्रमुख डा सुभाष पाण्डे, एसडीएफका अध्यक्ष चम्पासिंह थापा मगर, धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरी लगायतको सहभागिता रहेको थियो ।
बिभिन्न निर्णयहरु गरेर साधारणसभाको बन्द सत्र पनि बिहिबार नै सम्पन्न भएको क्लबका अध्यक्ष तुलाधरले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here