नेपालगञ्ज, पुस २९ । बाँके युनेस्को क्लबले विपन्न बेरोजगार युवाका लागि मोबाइल र एसी तथा फ्रिज मर्मत तीन महिने तालिम नेपालगञ्जमा सञ्चालन गरेको छ । कतार च्यारिटिको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत सो तीन महिने तालिम शुरु गरिएको हो । नेपालगञ्जका ७ र जानकी गाउँपालिकाका १ गरेर ८ जना विपन्न बेरोजगार युवालाई मोबाईल र एसी तथा फ्रिज मर्मत सिकाएर उनिहरुलाई स्वरोजगार बनाई जिविकोपार्जनमा सहयोग पुरयाउने उदेश्यले सो तालिम शुरु गरिएको तालिमको उदघाटन गर्दै कतार च्यारिटि नेपालका डेपुटि डायरेक्टर ईर्शाद शेषले बताउनुभयो । उहाँले तालिमका सहभागिलाई राम्ररी मन लगाएर तालिम लिएर आफ्नो आर्थिक अवस्था सुधार गर्ने अवसरका रुपमा यस तालिमलाई लिन आग्रह गर्नुभयो । तालिम उदघाटनको अवसरमा कतार च्यारिटिका कार्यक्रम संयोजक जाहिद खान, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कोषाध्यक्ष फिरदोस जहाँ, कार्यक्रम संयोजक गुलाम गौस, फिल्ड सुपरवाइजर विशेष गुप्ता लगायतको पनि उपस्थिति रहको थियो । सो अवसरमा कतार च्यारिटि नेपालका डेपुटि डायरेक्टर ईर्शाद शेष लगायत बाँके युनेस्को क्लबको टोलीले तालिमका सहभागिहरुसंग कार्यक्रम र तालिम बारे अन्तरक्रिया र छलफल समेत गरेको थियो । मोबाइल मर्मत तालिममा ४ जना र एसी फ्रिज तालिममा ४ जनाको सहभागिता रहेको क्लबले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here